दाश्रो नगरपरिषदबाट पारित नीति कार्यक्रम तथा बजेट बक्तव्य

दोश्रो नगर परिषदबाट पारित नीति, कार्यक्रम तथा बजे६ वक्तव्य

कार्यक्रमका प्रमुख अतिथी, श्रीमान् प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलीयाज्यू, स्थानीय विकास अधिकारी पिताम्बर अधिकारीज्यू, नगरस्तरीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, पूर्व जनप्रतिनिधिज्यूहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रसंग सम्बन्धित महानुभावहरु, समाजसेवी, वुद्धिजिवि एवं पत्रकार मित्रहरु तथा कटारी नगरवासी सम्पूर्ण दाजुभाई दिदी वहिनीहरु !
सर्वप्रथम नगरपालिकाको दोश्रो नगर परिषद्बाट पारित आ.व. २०७२।०७३ को नगर विकास योजना सार्वजनिक गर्ने कार्यक्रममा हाम्रो आमन्त्रणलाई सहर्ष स्वीकार गरी पाल्नु भएका महानुभावहरु सवैमा हार्दिक अभिवादन सहित स्वागत गर्न चाहन्छु । म यस समयमा जनताको स्वतन्त्रता प्राप्तिका लागि विभिन्न कालखण्डमा आफ्नो जीवन आहुति दिने सम्पूर्ण ज्ञात—अज्ञात शहिद प्रति हार्दिक श्रद्धान्जली अपर्ण गर्दछु ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७१।१।२५ को निर्णयबाट नगरपालिका घोषणा भईसकेपछि मिति २०७१ जेठ ४ गते देखि कटारी नगरपालिकाको नामबाट सेवा प्रवाह गर्दै आएको कुरा यहाँहरुलाई जानकारी गराउँन चाहान्छु । जनप्रतिनिधिहरुले नेतृत्व गरी संचालन गर्नुपर्ने निकायमा कर्मचारीले कार्यसम्पादन गनुपर्ने र त्यसमाथि पनि तत्कालिन गा.वि.स.मा कार्यरत साविक जनशक्ति र साधनवाट गा.वि.स. भन्दा भिन्न प्रकृतिको कार्यक्षेत्रका काम सम्पादन गर्नु पर्दा धेरै चुनौति र जटिलताहरु आउँनु स्वभाविकै हो । यद्यपी स्थानीय प्रशासन ,  विषयगत कार्यालयहरु, राजनैतिक दल, नागरिक समाज तथा नगरवासीहरुको महत्वपूर्ण सहयोगले यस अवस्थामा पनि सहजतापूर्वक कार्यसम्पादन गर्न पाइएकोमा सबैमा हार्दिक धन्यवाद दिन चाहान्छु । यस नगरपालिकाको दोश्रो नगर परिषदवाट पारित आ.व. २०७२/०७३ को वार्षिक नगर विकास योजना नगरपालिका सञ्चालन समितिको प्रमूखको हैसियतले यहाँहरु समक्ष सार्वजनिकीकरण गर्न पाउँदा मलाई गौरव लागेको छ ।
आदरणीय महानुभावहरु
साविक त्रिवेणी तथा कटारी गाविसहरु समेटिएर बनेको यस नगरपालिकाको क्षेत्रफल १६८.४ वर्ग कि.मि. रहेको छ भने कूल जनसंख्या घज्ञद्धघण् रहेको छ । धार्मिक र ऐतिहाँसिक महत्व वोकेको महादेव गुफा,गुम्वाडाडा लगायत सैयौं मठमन्दिर, वन, नदीनाला जस्ता प्राकृतिक सम्पदाहरुले भरिपूर्ण, विविधतायूक्त अतुलनीय सामाजिक तथा साँस्कृतिक सम्पदाहरु भएको यो नगरपालिकाले प्रचुर सम्भावनाहरु वोकेको छ । विशेष गरी कटारी नगरपालिका माथिल्लो सगरमाथाको द्वारको रुपमा व्यापारिक केन्द्रको रुपमा रहेको र अति सिमान्तकृत आदिवासी जनजाती भित्रको दनुवार समुदायको सघन वसोबास रहेको क्षेत्रको रुपमा परीचित छ । एउटा शसक्त र योजनाबद्ध प्रयासले मात्र हामीले सोचेका उपलब्धिहरु हासिल गर्न सक्छौं भन्ने मान्यतालाई आत्मसात गर्दै मानव जीवनका विविध पक्षहरुमा सकारात्मक परिवर्तन ल्याउँने दिशातर्फ अग्रसर हुन शुरुआतदेखि नै लागि परौ भन्ने सम्पूर्ण नगरवासीहरुमा मेरो अनुरोध छ ।
उपस्थित महानुभावहरु
जनताले आफना आवश्यकतालाइ सम्वोधन गर्ने योजनाहरु आफनै सहभागितामा छनौट गर्न सकुन भन्ने अवधारणा अनुरुप प्रत्येक वडावासीहरुको सहभागितामा वडास्तरीय योजना तर्जुमा गोस्टी एवं एकिकृत योजना तर्जुमा गोस्टीमा विभिन्न सरोकारवालाहरु वीच अन्तरक्रिया एवं छलफल गरी नगरपालिकाको वैठकमा प्रस्तुत भइ छलफलवाट प्राप्त सूझावहरु समेटी भरसक नगरवासीहरुको आवश्यकता र चाहनासंग मेल खाने गरी यो नगर विकास योजना तयार भएको ठानेको छु । वार्षिक नगर विकास योजना तर्जुमाको क्रममा नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय एवं जिल्ला विकास समितिको कार्यालय उदयपुरवाट आगामी वर्षको लागि प्राप्त मार्गदर्शन तथा वजेट सिमाको अधिनमा रही योजनाहरुको प्राथमिकीकरण गर्ने प्रयास गरेको छु । नगरको प्राकृतिक सास्कृतिक एवं भौगोलिक अवस्थितिका आधारमा हाम्रा विकासका पुर्वाधारहरु तय गर्दै जानुपर्ने अवस्था छ । नगरका कतिपय क्षेत्रहरुमा अझैपनि आधारभुत पुर्वाधारहरु पुग्न सकेका छैनन । युवा शक्ति रोजगारका शिलशिलामा वाहिरीएका छन्, कृषि उत्पादन ह्रासोन्मुख रहेको छ, खहरेहरुको कारण नगरवासीहरुले वर्षेनी आक्रान्त हुनुपरेको छ । यस अवस्थामा हामिले रोजगारी र आयआर्जनका अवसरहरु वृद्दि गर्न, कृषि एवं पशुजन्य उत्पादनको प्रवर्धन, स्थानीय शिप साधनवाट संचालीत परम्परागत व्यवसायहरुको संरक्षण र विविधिकरण एवं ठुला पुर्वाधार निर्माणमा अन्य निकायहरुको साझेदारी आत्मसात गर्नु जरुरी रहेको छ । यी विविध विषयहरुको सामना गर्न सरकारी गैरसरकारी नीजि क्षेत्र एवं स्थानीय समुदायको अग्रसरता, सहयोग, समन्वय र सहभागिताबाट मात्र संभव छ भन्ने लागेको छ ।
आदरणीय महानुभावहरु
 योजना तर्जुमामा वखत सकेसम्म सवै क्षेत्र वर्ग लिंग एवं समुदायका मागहरुलाइ सम्वोधन गर्ने तर्फ ध्यान दिएका छौ यद्यपि सिमित श्रोत र साधनबाट हाम्रा असिमित आवश्यकताहरु एकै योजना निर्माणवाट परीपुर्ति गर्न नसक्ने यथार्थता हाम्रो सामु रहेको छ । नगरपालिकाको सिमित आयश्रोतका कारण संचालित योजना पुरा गर्न एक आर्थिक वर्षभन्दा बढीनै पनि समय लाग्ने हुदा थप नया योजनाहरु शुरु गरी पुराना योजनालाइ अलपत्र पार्न पनि हुदैन जसले गर्दा क्रमागत योजनाहरुलाइ पनि समेटदै जानुपर्ने अवस्था छ । समानुपातिक दृष्टिकोणले पनि सवै वडामा केहि न केही योजना रहनुपर्ने अवस्था छदैछ । तुलनात्मक रुपले कम विकसित र विकसीत सवैक्षेत्रमा समन्याय प्रवर्धन गरी सवै नगरवासीलाइ सेवा सुविधा र विकास पुर्याउनु गहन चूनौतिको रुपमा रहेको छ । नीति कार्यक्रम र बजेट तर्जुमा गर्दा सार्वजनिक नीजि साझेदारी एवं जनसहभागिताको बढीभन्दा बढी संलग्नता जस्ता पक्षलाई समावेश गर्ने प्रयास गरिएको छ ।
अव म यस नगरपालिकाको आगामी वर्षको नीति, कार्यक्रम तथा वजेट प्रस्तुत गर्न अनुमति चाहन्छु ।
आ.ब. द्दण्ठद्द÷ण्ठघ को लागि नीति, कार्यक्रम तथा वजे६
आगामी आर्थिक वर्षमा कटारी नगरपालिकाको समग्र विकासको लागि निम्न नीतिहरु अवलम्वन गरिने छः
(क) कृषि, वन तथा वातावरण
 कृषिलाई व्यवसायिकरण गरी मूल्य सृङ्खलाका हरेक चरणमा विकास साझेदार संस्थासंग समन्वय गर्ने, अर्गानिक कृषि प्रणालीलाई प्रवद्र्धन गर्ने र कृषि वजार व्यवस्थापन, भूउपयोग योजना निर्माण तथा कार्यान्वयन, कृषि क्याम्पसको सुदृढीकरण, तथा कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी दिगो कृषि (क्गकतबष्लबदभि ब्नचष्अगतिगचभ) प्रवर्धन लगायतका विषयहरु समावेश गरिने छ ।
 कम जग्गा भएका हरुकालागि कौशी खेती तर्फ आकर्षित गरिने छ
 नगर क्षेत्र भित्र (इचनबलष्अ) प्रांगारिक खेती गर्न कृषकहरुलाई प्रोत्साहन गरिनेछ । घर भित्रको कुहिने फोहोरलाइ कम्पोस्ट मलमा रुपान्तरण गर्ने कार्यमा घरधनीहरुलाइ परीचालन गरीने छ ।
 नगरमा कृषि प्राबिधिकको कमी भै रहेको अबस्थामा कृषकलाई कृषि प्रबिधि सहज रुपमा पुर्याउनका लागि शहरी कृषि प्राबिधिक ब्यबस्था गर्न आबश्यक पहल गरिनेछ ।
 माटो परिक्षण कार्यक्रम संचालन गर्ने कार्यलाई अगाडि बढाइनेछ ।
 कृषि तथा पशुपालन विकासको लागी कृषक समुह समिति सहकारी गैर सरकारी संघ संस्था र स्थानीय समुदायसगँ साझेदारी गरिने छ ।
 ब्यबसायिक खेती गर्ने सहकारी, समुह तथा ब्यक्तिलाई साझेदारी कार्यक्रम मार्फत सम्वोधन गरीने छ ।
 नगरमा दुध, माछा तथा मासुको आपुर्तिकालागि ब्यबसायिक उत्पादन गर्ने ब्यबसायिहरुलाई प्रबद्धन गर्ने नीति लिईनेछ । 
 कृषि तथा पशुपालन समुहहरुलाइ सार्वजनिक ऐलानी जग्गाहरुमा घाँस खेती, जडीवुटी खेती तथा सामुहिक खेतीको लागि लिजमा लिई उपयोग गर्न प्रोत्साहन गरिनेछ । 
 पशु धनको क्षती न्युनिकरणको लागी रोग नियन्त्रण गर्न खोप कार्यक्रम तथा पशु स्वास्थ्य शिविर संचालन गर्न पहल गरिने छ ।
 व्यबस्थीत पशु वधशाला निर्माण गर्न उपयुक्त स्थानमा जग्गा प्रस्ताव गरी यवस्थापनको लागि जिल्ला पशुसेवा कार्यालयसँग सहकार्य गरिने छ ।  साथै स्वस्थ पशुजन्य उत्पादन तथा विक्री वितरण सम्वन्धी सरोकावालहरुको क्षमता अभिवृद्धि,अभिमुखीकरण तथा अनुगमन गर्ने कार्यलाई ब्यबस्थित गरिने छ ।
 नगरक्षेत्रमा मासु पसल दर्ता गर्दा न्यूनतम मापदण्ड पूरा भएका पसलहरुलाई मात्र इजाजत पत्र दिईने नीति अबलम्बन गरिनेछ ।
 नगरभित्र रहेको वन क्षेत्रको ईन्भेन्ट्री अद्यावधिक गर्न जिल्ला वन कार्यालयसंग आवश्यक समन्वय गरिने छ ।
 वनक्षेत्र संरक्षणको लागि  नगरमा वृक्षारोपण तथा वनजङ्गल संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समूहहरूसँग सहकार्य गरिनेछ ।
 ईन्धनको चाप वनक्षेत्रमा कम गर्न वैकल्पिक उर्जा प्रवर्धन कार्यक्रमलाई जोड दिईने छ ।
 फोहर उत्पादकवाट सफाई शुल्क लिई फोहोरमैला व्यवस्थापन गर्न निजी क्षेत्रलाई परिचालन गरिने छ । उक्त क्रममा श्रोतमै फोहर छुट्याई कुहिने फोहरलाई कम्पोटिङ्ग गर्न प्रोत्साहन गरिने  छ ।
 नगरपालिकाको मुख्य क्षेत्रमा नमूनाको रुपमा केही घरधुरीहरुमा सुन्य फोहर भान्छाघर (श्भचय ध्बकतभ प्ष्तअजभल) को कार्यक्रम लागु गरिने छ ।
 स्यनिटरी ल्याण्डफिल्ड साईट निर्माणको लागि प्रकृया अगाडि बढाइने छ ।
 वातावरणमैत्री स्थानीय शासनको स्वीकृत सूचकहरु प्राप्तिका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
 नगर क्षेत्रभित्रका विद्यालय तथा क्याम्पसहरुमा वातावरण संरक्षणका विभिन्न कार्यक्रमहरु सञ्चालनमा सहकार्य गरिने छ ।
 नगरभित्रका सार्वजनिक जग्गाहरुको खोजी गरी नगरपालिकाको स्वमित्वमा ल्याँउन विशेष प्रयत्न गरिने छ ।
 खुला सार्वजनिक क्षेत्रहरुमा मनोरञ्जन पार्क, हरियाली पार्क, निर्माण गर्न आवश्यक अध्ययन गरिने छ ।
 नगर क्षेत्रभित्र हरियाली प्रवर्धन गर्न टोल सुधार समितिहरु गठन तथा साझेदारी कोष स्थापना गरी सञ्चालनमा ल्याईने छ ।
 कटारी नगरपालिकावाट प्लाष्टिक झोला हटाउँन विभिन्न तहमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
 घर कम्पाउण्ड भित्रको पानीलाइ सोझै ढलमा पुर्याउने प्रवृतिको सट्टामा घर कम्पाउण्ड भित्र नै च्भअजबचनभ गर्ने प्रणालीको विकासमा जोड दिइने छ ।
 खुला दिशामूक्त नगर घोषणा गर्न विशेष अभियान चालिने छ ।
 नगर क्षेत्रभित्र निर्माण हुने सरकारी भवनहरुमा वातावरणमैत्री घर (न्चभभल द्यगष्मिष्लन) को रुपमा विकासित गर्न शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयसंग आवश्यक समन्वय गरिने छ ।
 वातावरण दिवशमा वातावरण प्रवर्धन गर्ने खालका विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न विद्यालय, क्याम्पस र विभिन्न संघसंस्थाहरुसंग आवश्यक सहकार्य गरिने   छ ।
 सडक निर्माण गर्दा सडक किनारमा रुख विरुवा लगाउँने कार्यलाई योजनामा समावेश गरिने छ।
(ख) पूर्वाधार निर्माण तथा शहरी संरचना विकास
 भौतिक पूर्वाधारका योजनाहरुमा उपभोक्ताहरुको ५० प्रतिशत सहभागिता सुनिस्चित भएमा नगरपालिकाको तर्फवाट ५० प्रतिशत थप गरी योजना सञ्चालनमा ल्याईने छ ।
 निर्माण भएका भौतिक पूर्वाधारहरुको मर्मत सम्भारका लागि मर्मत सम्भार कोषको स्थापना गरिने छ ।
 नगरपालिकाभित्रका आर्थिक तथा सामाजिक महत्वका सडकहरुको अध्ययन गरी नगर यातायात गुरुयोजना यसै वर्षभित्र तयार गरिने छ ।
 कटारी नगरपालिकालाई व्यवस्थित शहरको रुपमा विकसित गर्न त्यधल एबिललष्लन निर्माण गर्न शहरी विकास मन्त्रालयलाई प्राविधिक सहयोगको लागि अनुरोध गरिने छ ।
 पर्यटकीय महत्व वोकेका क्षेत्रहरुमा भ्यूटावर तथा अन्य पर्यटन पूर्वाधार निर्माण गर्न अध्ययन गरिने छ ।
 नगरपालिकाभित्र वनेका घरसंरचनाहरुको विवरण अद्यावधिक गरिने छ ।
 यस नगरका सवै वडाहरुलाइ मूल सडकसँग जोड्न सडकको स्तरोन्नति तथा मर्मतसुधारलाई प्राथमिकता  दिइनेछ ।
 नगर क्षेत्र भित्रका गल्ली, गोरेटो तथा सडकको सरसफाइ तथा मर्मतसुधारमा टोल विकास संस्थाहरूसँग सहकार्य गरिनेछ ।
 नगरपालिकामा सार्वजनिक शौचालयहरु निर्माण गर्न पहल गरिने छ ।
 सार्वजनिक जग्गा मिचेर वनेका संरचनाहरु हटाउँने कार्यलाई कडाईका साथ लागु गरिने  छ ।
 घर तथा अन्य भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक प्रविधिको अवलम्वनमा ध्यान दिईने छ ।
 नगरपालिकालाई आवश्यक पर्ने आधुनिक वसपार्कका लागि नगर विकास कोषसँग आवश्यक सहकार्य गरिने छ ।
 नगरपालिकाको आन्तरिक आय वृद्धि गर्न सपिङ्ग कम्प्लेक्स निर्माणका लागि नगर विकास कोषसंग अनुरोध गरिने छ ।
 खेलकुद विकासको लागि आवश्यक पर्ने रंगशाला निर्माण गर्न प्रकृया अघि वढाईने छ ।
 सडक निर्माण मर्मत सुधारका क्रममा विकास निर्माण मापदण्ड वनाई प्रभावकारी ढंगले लागू गरी सडकको तथ्याङ्कलाई अद्यावधिक गरिनेछ र बाटोको चौडाइलाई मापदण्ड अनुसार गर्न लगत कटृा गर्ने कामलाई समेत अगाडि बढाइनेछ ।
 सडकको क्षेत्राधिकारलाई प्रभावकारी कार्यान्वयन गरी सडक अतिक्रमणलाई निरुत्साहित गर्दै सडक खुला राख्ने कार्यमा निरन्तरता दिइनेछ र अव्यवस्थित रूपले रहेका विद्युत तथा टेलिफोनका पोल तथा तारलाई व्यवस्थित गर्न सम्बन्धित निकायमा समन्वय गरिनेछ ।
 नगरक्षेत्रभित्रको ट्राफिक व्यवस्थापन कार्यलाई प्रभावकारी वनाउँन जिल्ला प्रहरी कार्यालयसंग सहकार्य गरिने छ ।
(ग) शिक्षा, स्वास्थ्य, सामाजिक विकास र लक्षित वर्ग
 नगरमा शिक्षाको विकासका लागि जिल्ला शिक्षा कार्यालयसंगको समन्वयमा नगर शिक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याईने छ ।
 नगर शिक्षा योजना अनुसार नगरमा शत प्रतिशत विद्यार्थी भर्ना तथा साक्षरता घोषणा कार्यक्रममा जोड दिइनेछ ।
 नगर क्षेत्रभित्रका २४ वटै सरकारी विद्यालयहरुलाइ वालमैत्री तुल्याउन आवश्यक कार्यक्रम तर्जुमा गरिने छ ।
 नगरको स्वास्थ्य सम्बन्धी कार्ययोजनालाई क्रमशः कार्यान्वयन गर्दै नगरमा एम्बुलेन्स र शववाहनको व्यवस्थापनका लागि दाता तथा दातृ निकायमा आग्रह गरिनेछ ।
 शहरी स्वास्थ्य सम्बन्धी कार्ययोजना वनाई प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य सेवा विभाग र जिल्ला स्वास्थ्य कार्यालयसंग समन्वय गरिने छ ।
 नगरपालिकाभित्र रहेका वर्थिङ्ग सेन्टरहरुलाई आवश्यक सहयोग गरिने छ ।
 स्वास्थ्य शिविर सञ्चालन, प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई परिवार स्वास्थ्य कार्यक्रम सञ्चालनको लागि सहयोग पु¥याईने छ ।
 ताराघारी र वेलश्रोतमा रहेका सर्पदंश उपचार केन्द्रको उपकरण तथा फर्निचरको लागि सहयोग गरिने छ ।
 लक्षित वर्ग कार्यक्रम अन्तरगत वालवालिका, महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका, जेष्ठ नागरिक, लोपोन्मूख र आर्थिक रुपमा पछि परेका वर्गहरुको उत्थान र विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ ।
(घ) पर्यटन विकास
 धार्मिक तथा ऐतिहाँसिक महत्व वोकेको महादेव गुफा लगायतका क्षेत्रको गुरुयोजना निर्माण गर्न समुदायसंग आवश्यक समन्वय गरिने छ ।
 नगरमा रहेका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका स्थानहरू र साहित्य कला संस्कृतिकोे संरक्षण तथा सम्बद्र्धन गरिनेछ ।
 यस नगरपालिका क्षेत्रभित्र रहेका आकर्शक पर्यटकीय क्षेत्रहरुको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण गर्न नगरस्तरीय पर्यटन व्यवस्थापन योजना तयार गरिने छ ।
 पर्यटन विकासमा निजी क्षेत्रसंग आवश्यक सहकार्य गरिने छ ।
 ज्यmभ कतबथ कार्यक्रमको लागि सम्भाव्यता अध्ययन गरीने छ ।
(ङ) राजस्व प्रशासन
 स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली, २०५६ तथा अन्य प्रचलित ऐन नियमहरुको परिधिभित्र रही नगरस्तरीय राजस्व परामर्श समितिको सिफारिसमा आन्तिरिक कर, शुल्क र दस्तुर आदि नगरपरिषदवाट स्वीकृत गरिसकिएको छ । निर्धारित करका क्षेत्र तथा दरहरु अनुसूचीहरुमा समावेश गरिएको छ । स्वीकृत कर, शुल्क र दस्तुरहरु आ.व. २०७२÷०७३ को श्रावण १ गतेवाट लागु हुने व्यवस्था मिलाएको छु ।
 करदाताहरुको लगतलाई कम्प्यूटरीकृत गरी राजस्व प्रशासनलाई सुदृढ गर्न आवश्यक संस्थागत व्यवस्था गरिने छ ।
(च) संगठन तथा प्रशासन
 कटारी नगरपालिकाको संगठन संरचनालाई यस नगर परिषदवाट स्वीकृत गरिसकिएकोले आगामी आ.व. देखि लागु गरिने छ ।
 नगरपालिकालाई आवश्यक पर्ने जनशक्ति पूर्ति गर्न लोक सेवा आयोगसंग आवश्यक समन्वय गरिने छ ।
 आगामी आ.व. भित्र संगठन तथा विकास योजना तयार गरी लागु गरिने छ ।
 कर्मचारीका क्षमता विकासका लागि आवश्यक तालिमहरु सञ्चालन गरिने छ ।
 फोहोर व्यवस्थापन एवं सरसफाइका लागि चाहिने जनशक्ती करार सेवा मार्फत आपुर्ति गर्ने नीति अवलम्बन गरिने छ ।
(छ) सूचना, सञ्चार तथा सुशासन प्रवर्धन
 नगरपालिकाको वेवसाईट निर्माण गरी सम्पूर्ण सूचनाहरु वेव मार्फत प्रसारित गरिने छ ।
 नगरपालिकाका गतिविधीहरुलाई चौमासिक रुपमा प्रकाशन गर्ने व्यवस्था मिलाईने  छ ।
 नगरपालिकाका गतिविधीहरुको सार्वजनिक सुनुवाई प्रत्येक चौमासिक अवधिमा सञ्चालन गरिने छ ।
 सञ्चारकर्मीहरुको क्षमता विकास गर्न विकास पत्रकारिता तालिम सञ्चालन गरिने  छ ।
 प्रत्येक वर्ष यस शहरको पहिचान दिलाउने किसिमको अनुसन्धान गर्ने व्यक्तिहरुलाई विद्दत वृति प्रदान गरिने छ ।
 नगरपालिकाको सेवा प्रवाह लगायत अन्य गतिविधीहरुलाई जनमानसमा पु¥याउँन निरन्तर रुपमा पत्रकार भेटघाट कार्यक्रम सञ्चालन गरिने छ ।
आदरणीय महानुभावहरु
अव म यस नगर परिषद्बाट पारित आ.ब. ०७२।०७३ को वार्षिक नगर विकास योजनाको अनुमानित आय व्यय विवरण प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
आगामी वर्षको लागि कूल  रु ७ करोड ५५ लाख ४९ हजार ५ सयको बजेट स्वीकृत गरिएको छ । (विस्तृत विवरण अनुसूचीहरुमा समावेश गरिएको छ ।)
(ज) कुल आय अनुमान
 आन्तरिक आय तर्फ रु ५५ लाख
 नेपाल सरकारवाट प्राप्त हुने निशर्त अनुदान मध्ये चालु तर्फ रु. ४९ लाख ३९ हजार र पूजीगत तर्फ रु. २ करोड ९५ लाख १२ हजार गरी जम्मा  करोड  लाख  हजार रहेको छ ।
 मालपोत रजिेस्ट्रेशन तर्फको राजश्व वाडफाडबाट रु २२ लाख
 सडक वोर्ड तर्फबाट रु १० लाख
 जगेडा कोष तर्फ रु २ करोड अनुमान गरिएको
 एल .जी.सी.डी.पी चालु २० लाख ८२ हजार  ५००
 जन सहभागिता १ करोड ३ लाख १६ हजार
कुल व्यय अनुमान
 चालु तर्फ रु. ९०  लाख २१ हजार ५ सय र पूजीगत तर्फ रु. ६ करोड ६५ लाख २८ हजार गरी जम्मा रु. ७ करोड ५५ लाख ४९ हजार ५ सय रहेको छ ।
 पूजीगत खर्च अनुमान
आ.व. २०७२÷०७३ को कुल पूजीगत खर्च मध्ये देहायका शिर्षकहरुमा विनियोजन गरिएको छः
 बालबालिका लक्षित कार्यक्रम तर्फ  — ३०७१७९६।—
 महिला लक्षित कार्यक्रम तर्फ – २०४७८६४।—
 आदिवासी जनजाति अन्य लक्षित कार्यक्रम तर्फ – २०४७८६४।—
 भौतिक पुर्वाधार कार्यक्रम तर्फ – ७८७२३१०।—
 प्रवर्धनात्मक कार्यक्रम तर्फ — ४९१४८७३।—
 सडक पिच कार्यक्रम (जगेडाकोष) तर्फ — २०००००००।—
 सडकमर्मत (सडकवोर्ड) — १००००००।—
 भवन निर्माण एवं सडकवोर्ड म्याचीङ — ज्ञद्धज्ञण्ण्ण्ण्ण्।—
अन्त्यमा,
यस कटारी नगरपालिकाको प्रथम नगर परिषदवाट आ.व. २०७२÷०७३ को लागि पारित भएको वार्षिक नगर विकास योजना सार्वजनिकीकरण कार्यक्रममा आफ्नो व्यस्त समयका वावजुद पनि उपस्थित भै कार्यक्रमको गौरव वढाईदिनु भएकोमा प्रमुख जिल्ला अधिकारी ज्यू , स्थानीय विकास अधिकारीज्यू एवं अन्य सम्पूर्ण उपस्थित अतिथि ज्यूहरुमा कटारी नगरवासीको तर्फवाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु । साथै नगर विकास योजना सफल पार्न सवैले आ–आफ्नो क्षेत्रवाट सहयोग पु¥याउँन सवै नगरवासी दाजुभाई दिदी वहिनीहरुमा विशेष आग्रह गर्दछु ।
          (डम्बरु दाहाल )
         कार्यकारी अधिकृत
       कटारी नगरपालिका कार्यालय